

धादिङ,२६ फागुन ।
१२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको छ ।
धादिङ खेलकुद विकास समितिको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गजुरी गाउँपालिका–५ स्थित गलौँदी खेलमैदानमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड नीलकण्ठले जितेको हो ।
नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक प्राप्त गर्दै १२ औं राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।
दोस्रो स्थान धुनिबेशी नगरपालिकाले हासिल गरेको छ । धुनिबेशीले ८ स्वर्ण, ९ रजत र ८ कास्य गरी २५ पदक प्राप्त ग¥यो ।
५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदकसहित बेनिघाट रोराङ गाउँपालिका तेस्रो भयो भने ३ स्वर्ण, ४ रजत र ६ कास्यसहित गजुरी चौथो भएको छ ।
प्रतियोगितामा थाक्रेले ३ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गर्यो ।
ज्वालामुखीले २ स्वर्ण, १ रजत र २ कास्य, खनियाबासले २ स्वर्ण, १ कास्य, त्रिपुरासुन्दरीले १ स्वर्ण, ३ रजत र २ कास्य, सिद्धलेकले ५ रजत, ४ कास्य, रुवी भ्यालीले १ रजत र गल्छीले १ कास्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
फागुन २३ गतेदेखि सुरु भएको प्रतियोगिता बिहिबार सम्पन्न भएको हो। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू भएको थियो ।
प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र/छात्राहरुले भाग लिएका थिए । जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् ।
यसअघिको ११ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धुनीबेसी नगरपालिकाले जितेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |