

धादिङ । सिद्धलेक गाउँपालिका–२ स्थित नलाङमा महिला/पुरुष मिनि म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ।
चक्रदेवी सामुदायिक समाज नेपालको आयोजना तथा नलाङ मोडेल एकेडेमी, द यिअर्ली ट्रष्ट, चेहरा बहुउद्देश्यीय सहकारी संस्था र नेपाल एडुमेडिकको संयोजनमा महाशिवरात्रिको अवसरमा १४ गते बुधबार नलाङ ठाँठीभञ्ज्याङदेखि सिद्धबाबा मन्दिरसम्म मिनि म्याराथुन प्रतियोगीता सम्पन्न भएको हो।

‘धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु’ भन्ने मुल नाराका साथ हरेक बर्ष शिवरात्रीको अवसरमा संचालन हुँदै आएको मिनि म्याराथुन दौडमा यस वर्ष पनि ४ समुह बिभाजन गरिएको थियो ।
जसमा पुरुष १५ वर्ष भन्दा माथी, महिला १५ वर्ष भन्दा माथी, पुरुष १५ वर्ष भन्दा मुनि र महिला १५ वर्ष भन्दा मुनि रहेको थियो । प्रतियोगितामा छात्र र छात्रा गरी ४ बिधामा १५६ जना सहभागी थिए ।

इश्वर रेग्मीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको प्रमुख आतित्यथा रहेको थियो ।कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष शम्भु गुरुङ,वडा नं ३ का वडा अध्यक्ष देव बहादुर पुलामी,बिभिन्न राजनैतिक दलका प्रमुख एवं पार्टी प्रतिनिधिहरु सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले राष्ट्रको विकासको लागी युवा शक्तिमा शिक्षा, स्वास्थ्य तथा खेलकुदमा अनुशासन आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना भएकालाई सिद्धबाबा मन्दिर परिसरमा नगद, प्रमाणपत्र र मेडल वितरण गरिएको थियो ।यस्तै प्रतियोगितामा सहभागि सबैलाई जर्सि वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीतामा बिजयी हुनेहरु :
पुरुष खुल्ला प्रतिस्पर्धामा
प्रथमः श्रीलाल तामाङ (खनियाबास २ धादिङ)
द्वितीयः इमानुयल तामाङ (नीलकण्ठ ८ धादिङ)
तृतीयः विपिन सुवेदी (सिद्धलेक २ धादिङ)
सान्त्वनाः इश्वर भट्ट ( सिद्धलेक १ धादिङ)
महिला खुल्ला प्रतिस्पर्धामा
प्रथमः पुजा बराम ( नलाङ मोडेल एकेडेमी )
द्वितीयः अनिशा बराम ( सिद्धलेक २ धादिङ)
तृतीयः एन्जुला थापा (नलाङ मोडेल एकेडेमी)
सान्त्वनाः बिनु सिलवाल (सिद्धलेक २ धादिङ)
छात्र १५ वर्ष भन्दा मुनिको प्रतिस्पर्धामा
प्रथमः मनराज बराम ( सिद्धलेक २ धादिङ)
द्वितीयः विजय बयलकोटी (ज्वालामुखी ४ धादिङ)
तृतीयः अन्दाज परियार ( सिद्धलेक ३ धादिङ)
सान्त्वनाः उज्वल बराम ( सिद्धलेक २ धादिङ)
छात्रा १५ वर्ष भन्दा मुनिको प्रतिस्पर्धामा
प्रथमः बिन्दा बि. क. ( सिद्धलेक ३ धादिङ)
द्वितीयः एलिना दुवाडी (ज्वालामुखी ४ धादिङ)
तृतीयः रमिला बराम (नलाङ मोडेल एकेडेमी)
सान्त्वनाः आशिमा बि.क. (सिद्धलेक ३ धादिङ)






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |