

काठमाडौं । नेपाली पुरुष क्रिकेटको मुख्य प्रशिक्षकमा स्टुआर्ट ल नियुक्त हुनुभएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्टलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
ल र क्यानबीच दुई वर्षको सम्झौता भएको क्यानले जानकारी दिएको छ।
भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो।
क्यानले गत फागुन ३ गते मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो।
मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट ललाई नियुक्त गरिएको हो।
लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन्।
अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए। लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |