

काठमाण्डौ । हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलाीको घोषणा गरेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ। शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ ।
यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ।
यही चैत २७ गतेदेखि ३१ गतेसम्म हुने शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्।
नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ। दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ।
लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |