

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन्।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो खसेर पुरिएको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् ।
बेपत्ता बालिकाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
खोलाले एउटा मोटरसाइकल पनि बगाएको गजुरीबाट योगेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रतीकात्मक तस्बिर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |