

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका-१० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ ।
काठमाडौं शंकरापुर नगरपालिका-६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको उनकै श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । बुधबार बेलुकी पौने आठ बजे घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
आमा–बुवाको झगडा छुटाउन गएका उनीहरुका आठ वर्षीय छोरालाई समेत खुकुरी प्रहारको घाउ रहेको प्रहरीले जनाएको छ। भक्तपुर अस्पतालमा उपचार गरी उनी भने डिस्चार्ज भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |