












धादिङ। नेत्रावती डवजोङ गाउँपालिकाका शिक्षकहरूका लागि आइटम राइटिङ (Item Writing) कार्यशाला सञ्चालन गरिएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयस्तरको सिकाइ उपलब्धि आदानप्रदान गर्ने तथा शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले दुई दिने कार्यशाला सञ्चालन गरेको हो ।
गाउँपालिकाका शिक्षा अधिकृत सुशीला ङ्याङजोले कार्यशालामार्फत विषयगत सिकाइ उपलब्धिको मूल्याङ्कनका लागि गुणस्तरीय प्रश्न निर्माण तथा परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको बताउनुभयो।
यस्तै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले मुस्कानसहित पढ्ने र पढाउने वातावरण निर्माण गर्न गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमार्फत शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै माध्यमिक शिक्षा परीक्षामा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई दुई लाख र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई दुई लाख पुरस्कार प्रदान गर्ने निर्णय भएको भन्दै उहाँले सोही अनुसार शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीले तालिमले शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
यस्ता कार्यक्रम प्रत्यक्ष रूपमा विद्यार्थीको नतिजा र भविष्यसँग जोडिएको भन्दै उहाँले सिकाई उपलब्धि र नतिजासङ्ग जोड्नु पर्ने बताउनुभयो।
कार्यशालामा सहभागी शिक्षकहरूलाई विषयगत प्रश्न निर्माण, परीक्षण तथा मूल्याङ्कनका विविध पक्षबारे अभ्यासात्मक प्रशिक्षण लगायतका विषय प्रदान गरिएको शिक्षा अधिकृत ङ्याङजोले बताउनुभयो।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत विद्यालय शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने अपेक्षा गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |