Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

४ घण्टा अघि
२

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

१७ घण्टा अघि
३

मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

१८ घण्टा अघि
४

मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन

२ दिन अघि
५

नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

३ दिन अघि
६

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

३ दिन अघि
७

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

३ दिन अघि
८

गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

४ दिन अघि
९

जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

५ दिन अघि
१०

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

६ दिन अघि
११

शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

६ दिन अघि
१२

असार २४ देखि राहदानी सेवा बन्द हुने

६ दिन अघि

धेरै पढिएका

१

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ हफ्ता अघि
२

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ हफ्ता अघि
३

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

२ हफ्ता अघि
४

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ हफ्ता अघि
५

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

४ हफ्ता अघि
६

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ महिना अघि
७

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ महिना अघि
८

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२ हफ्ता अघि
९

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

३ हफ्ता अघि
११

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२ हफ्ता अघि
१२

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

१ हफ्ता अघि

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

  • बागमती कलम
  • ५४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २६, शुक्रबार (१७ घण्टा अघि)
मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

धादिङ- वर्षायाम सुरुहुन लाग्दा लाइफलाइनको रुपमा रहेको राजमार्ग क्षेत्रमा गरिने यात्रालाई सुरक्षित बनाउने योजना बनाइएको छ ।

मनसुन सक्रिय भएसँगै धादिङ भएर गुज्रिने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा हुन सक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले २१ स्थानलाई उच्च जोखिम क्षेत्र र १८ स्थानलाई होल्डिङ सेन्टरका रूपमा पहिचान गरेको छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दाको जिउधनको सुरक्षा गर्दै अवस्था सामान्य नहुँदासम्म सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टरको व्यवस्था गरिएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका विषयमा महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा पहिरो तथा बाढीका कारण पटक–पटक सडक अवरुद्ध हुने सम्भावनालाई विश्लेषण गर्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ।

गजुरी गाउँपालिकाअन्तर्गत चालिसे, परेवा भिर, पोखरे खोला, बिहानी पम्प, हिलटप, थाक्रेको सातकिला र महादेवबेँसी, गल्छी गाउँपालिकाअन्तर्गत चिरौँदी पुल, महेशदोभान, सिमबजार र खेस्टेखोला, धुनिबेसि अन्तर्गत खानीखोला तिरतिरे धारा, ठूलो खोला र बाहुनेडाँडा, तथा बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत तिक्राङ खानी, सलाङघाट र कृष्णभिर लगायतका स्थानलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिम क्षेत्रका रूपमा सूचीकृत गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्ररहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

विगतका वर्षहरुको अनुभवका आधारमा जोखिम क्षेत्र पहिचान गरिएको हो ।

समितिका अनुसार राजमार्ग आसपासका अन्य जोखिमयुक्त २१ स्थान पहिचान गरिएको हो।

राजमार्ग अवरुद्ध भई यात्रु अलपत्र पर्ने अवस्था आउन नदिन विभिन्न स्थानमा होल्डिङ सेन्टर पनि तोकिएको छ। खानीखोला क्षेत्र, महादेवबेँसी, सोप्याङखोला, सिम्ले, महेडीखोला, गल्छी बैरेनी, गलौदी, चाम्वास, चिरौँदी बजार, मलेखु बजार लगायत गरी जिल्लाभर १८ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिनेछ।

यस्ता केन्द्रमा यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा राख्ने, आवश्यक परे राहत तथा प्राथमिक सेवा उपलब्ध गराउने व्यवस्था गरिने समितिले जनाएको छ।

होल्डिङ सेन्टर सुरक्षा सुरक्षा निकायले गर्नेछ भने स्थानीय सरकारले व्यवस्थापकीय रुपमा सघाउने छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले विपद् भएको केही समयभित्रै उद्धार तथा प्रतिकार्य गर्न सकिने गरी सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। राजमार्गमा हुने विपद्का घटनामा सूचना प्राप्त भएलगत्तै समन्वयात्मक रूपमा उद्धार तथा राहत परिचालन गरिने उहाँको भनाइ थियो।

बैठकले मनसुनको समय भएकाले सबै स्थानीय तह, सरकारी कार्यालय, आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

विपद्का बेला विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्ने व्यवस्था मिलाइने निर्णय पनि गरिएको छ। स्थानीय व्यवसायीलाई खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।

विपद्जन्य घटनाको जानकारी लिन तथा दिन नेपाल सरकारले सञ्चालनमा ल्याएको टोल–फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन १०० लाई जिल्लाका जोखिमयुक्त स्थान, राजमार्ग तथा स्थानीय तहमा विभिन्न सञ्चार माध्यममार्फत व्यापक प्रचारप्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै विषयगत (क्लस्टर) समूहहरूले आफ्नो कार्यक्षेत्रअनुसार मनसुनजन्य विपद् व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्ने, अद्यावधिक गरिएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य तथा मनसुन आपत्कालीन योजना–२०८३ स्वीकृत गरी प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरिएको छ।

बैठकले धादिङबेँसी–धुवाकोट हुँदै नेत्रावती डबजोङ गाउँपालिका जोड्ने सडकका विभिन्न खण्ड पहिरोले क्षतिग्रस्त भएकाले मर्मत सम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौँडासँग अनुरोध गर्ने निर्णय गरेको छ। वर्षा र हावाहुरीका कारण ढल्ने विद्युत् पोल तथा अवरुद्ध हुने प्रसारण लाइनको समयमै मर्मत गरी विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई पनि आग्रह गरिएको छ।

यसैगरी धुनीबेँसी नगरपालिकाको सिफारिसअनुसार वृद्धाश्रम प्रयोजनका लागि कि.नं. १७० अन्तर्गतको १९–६–२–० क्षेत्रफल जग्गा लिजमा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। उक्त जग्गा विपद्को समयमा आवश्यक नपर्ने र आवश्यक परे बाँकी क्षेत्र प्रयोग गर्न सकिने निष्कर्ष समितिले निकालेको छ।

बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरूले पनि मनसुनजन्य विपद्का लागि स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरिएको बताएका छन्। बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले उद्धार, राहत तथा नागरिक सुरक्षाका लागि गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले पालिका स्तरीय विपद् व्यवस्थापन समितिले प्रतिकार्य योजनासहित आवश्यक पूर्वतयारी पूरा गरी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मनसुन अवधिभर सबै निकायबीच समन्वय, द्रुत सूचना प्रवाह, तत्काल उद्धार तथा प्रभावकारी प्रतिकार्यलाई प्राथमिकतामा राख्दै जिल्लाव्यापी तयारीलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pashu-bhaisi-photo copy

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

  • mal-avav-dhd

    मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

  • received_1062118866241970

    मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन

  • FB_IMG_1783400997844

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

  • समाचार
  • १

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित
    ४ घण्टा अघि

  • २

    मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा
    १७ घण्टा अघि

  • ३

    मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला
    १८ घण्टा अघि

  • ४

    मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन
    २ दिन अघि

  • ५

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम
    ३ दिन अघि

  • ६

    ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना
    ३ दिन अघि

  • ८

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
    ४ दिन अघि

  • ९

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी
    ५ दिन अघि

  • १०

    नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution