

धादिङ । आर्थिक वर्ष २०८२/०८३ मा धादिङमा घरेलु हिंसाका ७५ वटा उजुरी दर्ता भएका छन्।
तीमध्ये अधिकांश उजुरी मिलापत्रमार्फत समाधान गरिएका छन् भने केही घटनामा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार आर्थिक वर्षभर दर्ता भएका ७५ वटै घरेलु हिंसाका उजुरीमा ७५ जना पीडित र ७५ जना पीडक रहेका छन्।
तीमध्ये ६८ वटा उजुरी मिलापत्र गराइएको छ भने ७ वटा मुद्दा अदालतमा पठाइएको छ।
सोही अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५१ वटा मुद्दा दर्ता भएका छन्।
जसमा महिलासँग सम्बन्धित २८, बालबालिकासँग सम्बन्धित २० र ज्येष्ठ नागरिकसँग सम्बन्धित ३ वटा मुद्दा रहेका छन्।
प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि वर्षभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
घरेलु हिंसा तथा महिला–बालबालिका सम्बन्धी २३२ वटा सचेतनामूलक कार्यक्रम र लैङ्गिक हिंसा सम्बन्धी ६३ वटा कार्यक्रम सञ्चालन गरिएको छ।
यस्तै विद्यालय केन्द्रित ७२ वटा तथा समुदाय केन्द्रित ६६५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ।
प्रतीकात्मक तस्बीर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |