

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
शुक्रबार स्कूलले राधा–कृष्ण ¥याली, नृत्य तथा सडक नाटकसहितको भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
¥याली स्कूलदेखि कालीदह र स्कूलदेखि बुङ्चुङसम्म आयोजना गरिएको थियो,जहाँ विद्यार्थीहरूले आकर्षक पोशाकमा मार्चपास गर्दै सहभागिता जनाएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले बागमती कलमलाई जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जन्माष्टमीको विस्तृत महत्वबारे जानकारी दिनुभएको थियो भने विद्यालयका नृत्य प्रशिक्षक रोशनी नेपालीको कोरियोग्राफीमा विद्यार्थीहरूले उत्कृष्ट नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक विशाल गुरुङले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा आराधना कक्षाका बालबालिकालाई बेहुला–बेहुली जस्तो चिटिक्क सजाएर शिक्षक–शिक्षिकाले विशेष रूपमा प्रस्तुत गरेका प्रधानाध्यापक आश बहादुर गुरुङले जानकारी दिनुभयो ।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।
विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।
विद्यालयमा हाल एक सय ८० भन्दा बढि बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।

कार्यक्रमका थप तस्विरहरुका लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |