

काठमाण्डौ । नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् ।
गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।
यस सिजनमा बबिता थापा मगर दोश्रो र दर्शना गान्धारी तेश्रो घोषित भए । थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् ।
यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् । उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।
दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो ।
यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |