


























धादिङ । धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष शर्मिला बिसुरालले आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
उहाँले बजेटले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा सामाजिक विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।
सार्वजनिक गरिएको बजेटले पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, रोजगारी प्रवर्द्धन तथा सुशासनमार्फत नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरिएको थियो।
जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा भएको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ।
यसैबीच गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरेको छ।
सर्वोत्कृष्ट कर्मचारी पुरस्कार शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कार योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई प्रदान गरिएको छ।
गाउँपालिकाले कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाह तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ।
सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि सेवामुखी, जिम्मेवार र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |