


























धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न नगरपालिकाको नगरसभामा उपप्रमुख सुरज उप्रेतीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख २० हजार ८ सय र पुँजीगततर्फ ५१ करोड १ लाख ५० हजार विनियोजन गरिएको छ।
नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा बैंक मौज्दातलाई आयका प्रमुख स्रोतका रूपमा अनुमान गरेको जनाएको छ।
क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३२ करोड ८७ लाख ८ सय रुपैयाँ, पूर्वाधार विकासतर्फ ३० करोड ८८ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ ३४ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
साथै, बञ्चरेडाँडा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त ३ करोड रुपैयाँबाट सञ्चालन हुने योजनासमेत बजेटमा समावेश गरिएको छ।
नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ सभाले पारित गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |